नेपाल सरकार

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद

भेटेरिनरी कम्पेलेक्स, त्रिपुरेश्वर, काठमाडाैँ

अध्यक्षकाे भनाई



पशु स्वास्थ्य र पशु सेवाको क्षेत्रलाई व्यवस्थित गुणस्तरिय र मर्यादित बनाउन देशको दुर्गम र ग्रामिण क्षेत्रमा अहोरात्र खटिएका प्राविधिकहरुबाट कानुनी व्यवस्था हुनुपर्छ भन्ने आवाज उठेको २४ वर्ष पछि अनेक आरोह/अवरोहका वावजुद “पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९” र “नियमावली २०८१” जारी भैसके पश्चात् पशु सेवा र पशु स्वास्थ्यका क्षेत्रमा निकै महत्वपुर्ण उपलब्धि हासिल हुनुका साथै ऐनले निर्दिष्ठ गरेका कामकाजको प्रारम्भ गर्न चुनौति समेत थपिएको छ ।
ऐतिहासिक प्रथम निर्वाचन पश्चात् गठन भएको यस परिषद्को आगामी चार वर्षको अवधिमा निकै महत्वपूर्ण र चुनौतिपुर्ण रहने निश्चित छ।पशु सेवा क्षेत्रका व्यवसायीहरुको योग्यता निर्धारण, नाम दर्ता, परिक्षा संचालन, व्यवसायीहरुको राष्ट्रीय मापदण्ड तयार गर्ने कार्यान्वयन गराउने, आचार संहिता तयार गरी लागू गराउने,निरन्तर शिक्षा, विध्यालयको मापडण्डको साथै शर्तहरु निर्माण गरी लागु गराउने, विभिन्न विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को समन्वयमा गुणस्तरिय जनशक्ति उत्पादनका लागि आवश्यक पहल गर्नुका साथै गुणस्तरिय सेवा प्रवाहको वातावरण निर्माण गर्ने, व्यवसायीहरुका सम्बन्धमा संघ प्रदेश र स्थानिय तहहरु संग समन्वयात्मक भुमिका निर्वाह गर्नुको साथै परिषद्का लागि सुविधा सम्पन्न कार्यालय भवनको स्थापना गर्न मैले यस कार्यकालको प्रमुख अभिभाराको रुपमा लिएको छु ।
यसका अतिरिक्त पशु चिकित्सकहरु र पशु सेवा व्यवसायीहरु बिचको अन्तरसम्बन्धलाई सुदृढ बनाउने पशुजन्य उत्पादन र उत्पादकत्व बृद्धीको दीगो विकास, मानव र पशुपन्छी स्वास्थ्यको संरक्षण, पोषणयुक्त भोजनमा सबैको पँहुच, संक्रामक रोगहरुको नियन्त्रण, न्यूनिकरणका लागि पशु औषधिको जिम्मेवार उपयोगलाई समेत मैले यस परिषद्को महत्वपुर्ण जिम्मेदारी ठानेकोछु ।
देश र समाजको दीगो हितलाई ध्यानमा राखि राष्ट्रीय अर्थतन्त्रको विकासमा पशुपन्छी क्षेत्रको महत्वपुर्ण योगदान रहोस् भन्ने कामना गर्दै म सम्पुर्ण व्यवसायीहरुको व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दछु साथै यस पेशा संग सम्बद्ध सम्पुर्ण राष्ट्रीय अन्तर्राष्टिय क्षेत्रलाई हामीसंग सहकार्यका लागि आव्हान समेत गर्दछु ।

सादर,
डम्मर बहादुर बम्म
अध्यक्ष